Nepal Newsbox
२०८३ वैशाख ४ गते , शुक्रबार
Nepal Newsbox
दसैंअघि नागढुंगा–सिस्नेखोला सुरूङ मार्ग सञ्चालन हुँदै
काठमाडौँ — सडक विभागले दसैंअघि नै नागढुंगा–सिस्नेखोला सुरूङ मार्ग सञ्चालन गर्ने तयारी गरेको छ। अन्तिम चरणको बत्ती जडान र रङरोगन कार्य पूरा भइसकेको छ र चाडपर्वमा सुरूङ मार्ग नि:शुल्क प्रयोग गर्न पाइनेछ।
भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको निर्देशनअनुसार यात्रुवाहक सवारी साधनलाई सुरूङ मार्ग प्रयोग गर्ने व्यवस्था मिलाइनेछ।
बैठकले देशभरका सडक अवस्थाको २४ घण्टा निगरानीका लागि कन्ट्रोल रूम सञ्चालन गर्ने, नयाँ बसपार्क र अन्य राजमार्गमा प्रहरी गस्ती र अतिरिक्त सुरक्षा बल परिचालन गर्ने निर्णय गरेको छ।