९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ४ गते , शुक्रबार

विभाजन होइन एकता: महावीर पुनको राष्ट्रव्यापी आव्हान—गुटबन्दी रोकी देश बचाऔं

source NNB २०८२ आश्विन २८ गते , मंगलबार
1
Shares
174
Views
विभाजन होइन एकता: महावीर पुनको राष्ट्रव्यापी आव्हान—गुटबन्दी रोकी देश बचाऔं

विभाजन होइन एकता: महावीर पुनको राष्ट्रव्यापी आव्हान—गुटबन्दी रोकी देश बचाऔं

इतिहासले देखाएको सत्य—आन्तरिक खुट्टा तानातानले नै बारम्बार नेपाल कमजोर बनाएको छ।

नवप्रवर्तनशील नेता तथा शिक्षा मन्त्री महावीर पुनले जेन-जी (Gen Z) र सम्पूर्ण नेपाली जनतामा गम्भीर आग्रह गर्दै गुटबन्दी, आन्तरिक फूट र खुट्टा तानातानको संस्कृतिलाई अन्त्य गर्न आह्वान गरेका छन्। उनका अनुसार व्यक्तिगत स्वार्थका लागि एकअर्कालाई कमजोर पार्नु देशको लागि फाइदाजनक होइन, उल्टै गम्भीर नोक्सानदायी हुन्छ। राष्ट्रिय विकास, सुशासन र सार्वभौमसत्ताको सुरक्षाका लागि अहिलेको समयमा एकता सबैभन्दा ठूलो आवश्यकता हो। उनले नेपालकै इतिहासलाई उदाहरण दिँदै पटक–पटक देखिएका गुटबन्दीका घटनाले मुलुकलाई कमजोर बनाएको र निरंकुश शासन तथा विदेशी हस्तक्षेपका ढोका खोलिदिएको स्पष्ट पारे।

पुनका अनुसार बालक राजा रणबहादुर शाहको पालादेखि नै प्रतिनिधित्वको विवादमा गुटबन्दी सुरु भयो। यो विवाद राजा गिर्वाण युद्ध बिक्रम शाह र राजेन्द्र बिक्रम शाहसम्म आइपुग्दा चरम बिन्दुमा पुगेको थियो। त्यही आन्तरिक कलहको परिणामस्वरूप राणा शासन स्थापित भयो र नेपाली जनताले १०४ वर्षसम्म निरंकुशता सहनुपर्‍यो। यसले प्रमाणित गर्छ कि आन्तरिक विभाजनले स्वतन्त्रता र स्थिरता नष्ट गर्छ। राणा शासन सुरु भएपछि पनि शान्ति आएन। वीर शम्शेरको पालादेखि राणाहरुलाई क, ख, ग वर्गमा विभाजन गरेर गुटबन्दी गरियो र एक गुटले अर्को गुटको खुट्टा तान्यो। यसरी कमजोर बनेको शासन २००७ सालको जनक्रान्तिद्वारा ढल्यो।

उनले स्मरण गराए कि २००७ सालमा प्रजातन्त्र आए पनि राजनैतिक दलको आन्तरिक खुट्टा तानातानका कारण २०१५ सालसम्म आम निर्वाचन हुन सकेन। यही अवसर राजा महेन्द्रले प्रयोग गरे र पछि पञ्चायती व्यवस्था थोपरे। राजनीतिक दलहरुले एकता गर्न नसकेकै कारण फेरि निरंकुशता फर्कियो। २०१७ देखि २०४६ सालको पञ्चायती व्यवस्थामा पनि गुटबन्दी जारी रह्यो। सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंहजस्ता नेतृत्वहरूबीच लगातार प्रतिस्पर्धा र अविश्वास थियो। राजदरबारभित्र समेत भूमिगत गिरोहले राजा बीरेन्द्रको निर्णय विफल पार्ने प्रयास गर्थे। यस्तो आन्तरिक चालबाजीले पञ्चायती प्रणालीलाई कमजोर बनायो र अन्ततः २०४६ सालको आन्दोलनमा ढल्यो।

पुनले २०४६ सालपछि लोकतन्त्र आएपछि पनि दलहरुबीचको चरम गुटबन्दी र स्वार्थी राजनीतिक व्यवहारले सुशासनको अपेक्षालाई ध्वस्त पारेको उल्लेख गरे। यसकै परिणामस्वरूप भ्रष्टाचार बढ्दै गइरह्यो र जनता आक्रोशित बने। हालसालै सुरु भएको जेन-जी आन्दोलनले युवा पुस्ताको विद्रोही स्वरलाई उजागर गर्यो, तर यो केवल युवाको आन्दोलन मात्र थिएन, आम जनताले साथ दिएको विद्रोह थियो। किनभने जनताले देशलाई गुटबन्दी र भ्रष्टाचारले बर्बाद पारिएको देखिरहेको थिए।

तर पुनले जेन-जीलाई गम्भीर चेतावनी पनि दिए। तपाईंहरु सुशासन चाहनुहुन्छ, भ्रष्टाचार अन्त्य गर्न चाहनुहुन्छ र समृद्ध नेपाल बनाउने सपना देख्नुहुन्छ। तर अझै राजनीतिक संरचना तयार भएको छैन र तपाईंहरुको बिचमा पनि गुटबन्दीको प्रवृत्ति देखिन थालेको छ। यदि अघिल्ला पुस्ताले गरेको गल्ती—आफ्नै साथीको खुट्टा तानातान—तपाईंहरुले दोहोर्याउनु भयो भने तपाईंहरुको आन्दोलन कमजोर हुनेछ र वास्तविक परिवर्तन सम्भव हुनेछैन। त्यसैले इतिहासबाट पाठ सिक्न उनले आग्रह गरे।

अन्त्यमा, महावीर पुनले सम्पूर्ण नेपाली जनतालाई, विशेष गरी युवाहरुलाई, एकताको बाटो रोज्न आग्रह गरे। देशको अस्तित्व जोगाउन सामूहिक जिम्मेवारी, नैतिक नेतृत्व र परस्पर सम्मान अत्यावश्यक छ। केवल आन्दोलन र विरोध प्रदर्शनले मात्र राम्रो नेपाल बनाउँदैन; सहकार्य, सत्यनिष्ठा र एकताले बनाउँछ। उनले अन्तिम आग्रह गर्दै भने, “मातृभूमिको लागि गुटबन्दीको इतिहास नदोहोर्याऔं। एक भएर मात्रै सार्वभौमसत्ता जोगाउन र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ।”

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज